News Category 2072/08/17

मधेशी र थारु समुदायमाथि भएको प्रहरी दमनबिरुद्ध लन्डनमा प्रर्दशन

दैनिक समाचारदाता

दैनिक संवाददाता
लन्डन, १६ मंसिर । 
एसोसिएसन अफ नेपलिज मधेशीज् इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम अत्याचार, दमन र मानवअधिकार हनन भइरहेको जनाउंदै अन्तर्राष्ट्रिय समुदायसमक्ष ध्यानाकर्षण गराएको छ । 
लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउंदै एसोसिएसनले निर्दोष मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको दावी गरेको हो । 
एसोसिएसनले उक्त ज्ञापन बेलायती प्रधानमन्त्री, मानवअधिकार संगठन र अन्य अन्तर्राष्ट्रिय संघसंस्था एवं कुटनीतिज्ञहरुलाई समेत दिइएको जनाएको छ । 
उता, सर्वोच्च अदालतले घातक हतियार प्रयोग नगर्न अन्तरिम आदेश दिंदा समेत नेपाल सरकारले दमन गरिरहेको भन्दै त्यस अत्याचार विरुद्ध एसोसिएसनले बिहीबार बेलायती संसद अगाडि प्रदर्शन गरेको जनाएको छ । 
एसोसिएसनका सचिव पुष्कर पटेलले शुक्रवार एक विज्ञप्तिमार्फत एसोसिएसनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मधेशी र थारु समुदायको वाक स्वतन्त्रता र मानवअधिकार विपरित सरकारको अन्याय विरुद्ध जारी आन्दोलनमा पूर्ण साथ दिने समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट