News Category 2072/08/17

सिरहामा सरकारको बिरुद्ध मानव साङ्गलो

दैनिक समाचारदाता

दैनिक संवाददाता
सिरहा, १६ मंसिर ।
सिरहामा सरकारको विरुद्धमा मानव सांगलो प्रदर्शन गरिएको छ । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उद्देश्यले बुधबार बिहान मानव सांङ्गलो प्रदर्शन गरिएको हो । 
तराई मधेशमा तिन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहेपनि सरकारले मधेशको माग सम्बोधन गर्न नचाहेकोले तत्काल माग सम्बोधन गरि समस्याको समाधान गर्न मानब सांङ्गलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको छ । 
सिरहाको पश्चिम सिमाना कमला नदिदेखि पूर्वी सिमाना बलान नदिसम्म करीब ५७ किलोमिटर राजमार्गमा विद्यार्थीहरुले मानव सांङ्गलो बनाएका छन् । 
मानव सांङ्गलोमा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको साथै शिक्षक, शिक्षिका,  क्याम्पस, नर्सिङ क्याम्पस, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु सहभागी थिए । 
विद्यार्थीहरुले मधेशको माग पुरा गर, वर्तमान सरकार मुर्दाबाद र प्रहरी दमन बन्द गर जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त क्रममा विद्यार्थीहरुले सरकारको बिरुद्धमा कडा नाराबाजी समेत गरेका थिए । 
मानव सांङ्गलोमा जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, बन्दिपुुरका साथै ग्रामिण क्षेत्रका बिद्यालयहरुका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । मानब सांङ्गलो प्रदर्शन गरेपछि आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहिदहरुप्रति जिल्लाका बिभिन्न स्थानमा प्रार्थना सभा र श्रद्धाञ्जली सभाको आयोजना गरिएको मोर्चाले बताएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट