आन्दोन अझ सशक्त बनाउनुपर्छ ः महतो
Thursday, December 03, 2015
दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले जारी मधेश आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सप्तरीको हनुमाननगरमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै अध्यक्ष महतोले सो कुरामा जोड दिनुभएको हो ।
त्यस्तै बभनगामाकटी गाविसको निमावि तोपामा आयोजित एक कार्यक्रमबिच नेपाली काँग्रेस, एमाले र एमाओवादी पार्टी परित्याग गरी सयौ जना सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
बभनगमाकट्ी गाविसका एमाओवादी गाउँ कमिटिका अध्यक्ष जगदीश मण्डल, एमालेका गाउँ कमिटीका अध्यक्ष गोपी देव, हनुमाननगरका काँग्रेस इकाई सदस्य राधे दास र इनर्वाका काँग्रेसका नेता महादेव पासवान लगायत सयौंको संख्यामा सो पार्टी परित्याग गरि सदभावना पार्टीमा प्रवेश गरे ।
यसैबिच सोही कार्यक्रममा नव प्रवेशीहरूलाई राष्ट्रिय अध्यक्ष महतोले फुलमाला र अविरले टीका लगाई स्वागत समेत गर्नुभएको थियो ।
सोही कार्यक्रममा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, विशेश्वर रजक, दिनेश कुमार यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, पार्टीका क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव लगायतले आ–आप्mनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।