News Category 2072/08/18

मोर्चाद्वारा सप्तरीका शहिदहरुप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ मंसिर ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति मधेशी मोर्चा सप्तरीले बिहिबार जिल्लाभरिकै चौक चौकलगायत राजविराजमा सामुहिक रुपमा मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरु सप्तरीको भारदह निवासी राजिव राउत, रामकृष्ण राउत, जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर यादव, डाढा गाविस ४ बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा प्रसाही टोल निवासी शिवशंकर दास र राजविराज १ निवासी दिलिप साहप्रति सामुहिक रुपमा ५ मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरियो । 
मधेशी मोर्चाका जिल्ला संयोजक सुनिल कुमार झाको अगुवाईमा स्थानिय जनआन्दोलन चौकमा मोर्चा निकट विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा मौन धारण पश्चात् श्रद्धाञ्जली व्यक्त गरे । 
सो मौन धारण कार्यक्रममा नेपाल सदभावना पार्टी गजेन्दवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, सदभावना पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विशेश्वर रजक, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य गंगाराम यादव, नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश प्रसाद यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्यत्रय जय प्रकाश सिंह, सुरेश कुमार सिंह, हेम शंकर सिंह, नेपाल सदभावना पार्टी गजेन्दवादीका केन्द्रिय सदस्य सावित्री पण्डित, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सिबु यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सदभावना पार्टीका अध्यक्ष कपिलदेव यादव, नेकपा (माओवादी)का जिल्ला संयोजक जय प्रकाश यादव, संघिय समाजादी फोरम नेपालका युवा नेता केदार यादव, सदभावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, अधिकारकर्मी जंग बहादुर सिंह, महिला अधिकारकर्मी आभासेतु सिंह, नेपाल सदभावना पार्टीका जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, सचिव मनोज झा, मधेशी मोर्चाका नगर संयोजक उमेश साह, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु कुमार यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तारकेशवर प्रसाद यादव, मधेशी मोर्चा मलेठका रामकिसुन यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी सप्तरीकै कोईलाडी गाविसस्थित जिरिया हटियामा समेत मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै ५ मिनेट मौन धारणा गरेका थिए ।
सो मौन धारणा कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, मधेशी मोर्चाका नेताहरु गोपी मण्डल, गुडु सिंह, राजेश सिंह, हरीहर मण्डल, संजय मण्डल सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी जिल्लाको छिन्नमस्ता गाविसको सखडा, बरही बिरपुर, ईटहरी विष्णुपुर, बेल्ही भन्सार, तोपा चौकसहितका स्थानमा शहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्न मौन धारण कार्यक्रम गरेको मधेशी मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिनुभयो ।
त्यस्तै सप्तरीको भारदहमा निषेधित क्षेत्र तोडदै शहिदहरुप्रति ५ मिनेट मौन धारण गरी शहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो । 
यस्तै जिल्लाकै रुपनीमा आयोजित मौन धारण कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, सदभावना पार्टीका सचिव हरेराम यादव, नेकपा माओवादीका सदस्य भगवति यादव सहितकाहरुको उपस्थिति रहेको थियो । 
यसैगरी जिल्लाको बेल्ही चपेनामा आयोजित मौन धारण कार्यक्रममा रामसपाका राज कुमार मण्डल, जगदिश मण्डल, श्याम मण्डल, शिवजी मण्डल, हरी नारायण साह र नाजिम हुसेन सहितको उपस्थिति रहेको थियो । त्यस्तै नर्घो झुटकीको झोहरा चौकमा सदभावना पार्टीका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद यादव राजाबाबु, समाजसेवि एवं नर्घो गाविसका नि.गाविस अध्यक्ष मुसहरु यादवको उपस्थिति रहेको थियो भने फकिराको शान्ति चौकमा कमलदेव यादवको नेतृत्वमा ५ मिनेट मौन धारण कार्यक्रम गरिएको थियो । 
त्यसैगरी पत्थरगाडामा मधेशी मोर्चाका क्षेत्रिय संयोजक अमरनाथ यादव र रामसपाका शिबशंकर मेहता सहित सयौको उपस्थिति रहेको थियो । यस्तै ब्रहमपुरको अमरलती चौकमा सत्रुधन मण्डल र शेसराज मण्डल सहितको उपस्थिति तथा पातो बजारमा रामसागर मण्डल, इन्द्र नारायण मण्डल, फुलदेव राम सहित सयौको उपस्थितिमा शहिदहरुप्रति ५ मिनेट मौन धारण गरिएरको मधेशी मोर्चाका सचिवालय सदस्य एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । 
त्यसैगरि मधेशी मोर्चाले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धाञ्जली दिनका लागि आयोजना गरिएको मौन धारण कार्यक्रम अन्तर्गत ईटहरी विष्णुपुरको अखिलेन्द्र चौकमा पनि सो कार्यक्रम आयोजना गरिएको छ ।
ईटहरी विष्णुपुर गाविसस्थित अखिलेन्द्र चौकमा मोर्चाका स्थानीय संयोजक आनन्दलाल साहको अध्यक्षता तथा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारीको प्रमुख आतिथ्यमा आयोजित सो मौन धारण कार्यक्रममा आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय कार्यवाहक अध्यक्ष झब्बर प्रसाद राम, मधेशी जनअधिकार फोरम गणतान्त्रिक केन्द्रिय उपाध्यक्ष गंगाराम यादव, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावित्रि पण्डित, फोरम गणतान्त्रिका जिल्ला अध्यक्ष नरेन्द्र यादव, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विरेन्द्र झा, विन्देश्वर साह, बृद्धिजिवी सत्य नारायण शर्मा, युवा नेता बिनोद कुमार मण्डल, काशिन्द्र राम, परमेश्वर साह, अरविन्द्र यादव, राजेन्द्र साह लगायतकाहरुले शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट