News Category 2072/08/18

मोर्चाद्वारा शहिद परिवारलाई २५ हजार सहयोग प्रदान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ मंसिर ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवारलाई मधेशी मोर्चा सप्तरीले २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । 
मोर्चाको सम्पन्न बैठकले प्रत्येक शहिद परिवारलाई तत्काल २५÷२५ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने निर्णय अनुसार बिहिबार सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर यादवलाई सो आर्थिक सहयोग प्रदान गरिएको हो ।
सोही आर्थिक सहयोग कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश प्रसाद यादव, नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश सिंह, सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, मोर्चाका संयोजक सुनिल कुमार झा, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता केदार यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुवी यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तारकेश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
यसैबिच सप्तरी मोर्चाका नेताहरूले शहिद परिवार सँगको भेटघाटको क्रममा राष्ट्रीय मानवअधिकार आयोगको टोली समेत पुगेकोले मोर्चा र मानवअधिकारवादी बीच केंही समय छलफल र मोर्चाका नेताले राज्यले आन्दोलनको क्रममा गरेको विभेद, दमनकारी नीति तथा मधेशी जनताप्रति गरिएको भेदभावको बारेमा समेत जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट