News Category 2072/08/18

नवलपुरस्थित आमसभा स्थलमै गोली चल्यो

दैनिक समाचारदाता

दैनिक संवाददाता
सर्लाही, १७ मंसिर । 
मधेसी मोर्चाले बिहिवार पूर्व पश्चिम राजमार्गको नवलपुरमा मावनसागर उतारेर शक्ति प्रदर्शन गरेको छ । सो क्रममै गोली समेत चलेको छ । सो गोली प्रहारबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई मलंगवा अस्पताल पु¥याइएको छ ।
यस अघि १० दिन पहिला राजमार्गको फुलजोरमा धर्ना बस्दा चुरे भावरले विथोलेपछि मोर्चाले विरोध सभासंगै शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनमा विशेष तयारी गरेर मोर्चा नवलपुरमा आएको थियो । हरेक गाउँवाट सभामा सहभागी हुन हजारौं सहभागी थिए ।
राजमार्गको करिब दुई किलोमिटर सडक मोर्चाका कार्यकर्ताले ढाकेका थिए । चुरे भावरले राजमार्ग केन्द्रीत कार्यक्रम विथोल्ने चेतावनी दिएकाले सुरक्षा ब्यवस्था निकै कडा पारिएको थियो ।
चुरे भावरले मोर्चाको कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । प्रहरीले दुबै तर्फका कार्यकर्ता विच झडप हुन नदिन अश्रु ग्यास, रवरको गोली र हवाई फायर गरेको थियो ।
अपरान्ह चारबजे मोर्चाको कार्यक्रम सम्पन्न भएपछि प्रहरीले कार्यकर्तालाई बल प्रयोग गरेर गन्तब्य तर्फ पठाएको थियो । मोर्चाका कार्यकर्ता फर्कने क्रममा राष्ट्रिय मानव अधिकार आयोगको बा ७ च ७४७६ नम्बरको जिपमा केही ब्यक्तिले आगो लगाइदिएका छन् । जिप जलेर पूर्ण नष्ट भएको छ ।
स्थानीय प्रशासन र अन्य राजनीतिक दलको सुझाबमा मोर्चाले राजमार्गमा तय गरिएको सभा एक किलोमिटर भित्र गर्न सहमती गरेका थिए । सभामा सहभागी हुन आएका दुई कार्यकर्ताको मोटरसाइकल लालबन्दीमा जलाइएको सूचना पछि मोर्चाले राजमार्गमै सभा गरेको थियो ।
हजारौ कार्यकर्ता हातमा चिरेको बाँस, लाठी लिएर सभामा सहभागी हुन आएका थिए । चुरे भावरले विथाोल्ने प्रयास गरे प्रतिकार गर्ने मोर्चाको तयारी थियो । प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले झडप रोक्न सामान्य बलमात्र प्रयोग गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट