News Category 2072/08/19

राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट टोली फिर्ता बोलायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ मंसिर । 
राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनमा अनुगमनमा खटिएका आफ्ना पाँच वटा टोलीलाई फिर्ता बोलाएको छ । 
आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तीमा बिहीबार सर्लाहीको नवलपुरमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आयोगको कर्मचारीमाथि आक्रमण गरी गाडी समेत जलाएपछि आयोगले यस्तो निर्णय गरेको जनाइएको हो ।
विज्ञप्तिमा अनुगमनमा खटिएका मन्दिरा श्रेष्ठ, विभा ढुङ्गाना र श्रीराम कार्कीसहितको आयोगको टोलीमाथि नवलपुरमा आन्दोलनकारीले आक्रमण गरी गाडी, क्यामरा, महत्वपूर्ण कागजात र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाइदिएको घटनाको आयोगले भत्र्सना गरेको छ । mभस्
आयोगको शुक्रबार बसेको आकस्मिक बैठकले मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति र्पुयाउने व्यक्तिलाई कानुनबमोजिम कारवाही गर्न सरकरालाई आग्रह समेत गरेको छ । 
मानव अधिकार रक्षक, संचारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षणका लागि सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । आयोगले संविधान प्रदत दायित्व निर्वाह गर्नसक्ने वातावरण नभएसम्मका लागि हाल अनुमगमनमा रहेका टोलीलाई यथास्थानबाट फिर्ता बोलाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट