News Category 2072/08/20

मधेश आन्दोलनको समर्थन र सरकारको बिरोधमा मधेशका जिल्लाहरुमा मानव साङ्गलो प्रदर्शन

दैनिक समाचारदाता

राजविराज÷मधेशमा जारी आन्दोलनलाई समर्थन गर्दै मधेशका जिल्लाहरुमा अहिले मानव साङ्गलो प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसअघि काठमाडौंमा भारतको अघोषित नाकाबन्दीको बिरोधमा विद्यार्थीहरुलाई सडकमा ओरालिएको थियो । 
मधेशका जिल्लाहरु धनुषा, महोत्तरी, सिरहा, पर्सामा मानव साङ्गलो प्रदर्शन गरि मधेश आन्दोलनको समर्थन गरिएको छ । 
शुक्रबार मधेश आन्दोलनको समर्थन गर्दै र सरकारको बिरोधमा महोत्तरी जिल्लाको गाउँघरका बालबालिकाहरु सडकमा र्ओलेका छन् । त्यहाका ग्रमीण भेगका स्कुले छात्रछात्राहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले मधेश आन्दोलनको समर्थन पनि गरेको छ भने पढ्न पाउने अधिकारको पनि खोजी गरेको छ । छात्रछात्राहरुले सरकारसँग पढ्न पाउने वातावरण मिलाई दिन आग्रहसमेत गरेका छन् ।
मधेश आन्दोलन सम्बोधन गर, विद्यार्थीको पढन पाउने वातावरण निर्माण गरलगायतका नारासहित धनुषाको तुल्सियाहीदेखि महोत्तरीको मटिहानी, सिमरदही, पर्सापतैली, सुगा र जलेश्वरका सामुदायिक एवं नीजि विद्यालयका विद्यार्थीहरुले विशाल विद्यार्थी सांग्लो निर्माण गरेका छन् ।
जिल्लाको मटिहानीको श्री राम उ.मा.वि, नेपाल संस्कृत विश्व विद्यालय, याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठ, श्री वैजनाथ देवनारायण जनता माध्यमिक विद्यालय तुल्सियाही, मा.वि.सुगा, ल.च.मु.उ.मा.वि. जलेश्वर, महेन्द्र उ.मा.वि जलेश्वर, गणेश प्राथमिक विद्यालयलगायतका दर्जनौ विद्यालयको सहभागितामा साङ्गलोमा निर्माण गरिएको थियो ।
विद्यार्थीको सांग्लो धनुषाको कोल्हुवा, तुल्सियाही, महोत्तरीको मटिहानी, जलसागर, सुगा हुदै जलेश्वरको शंकरचोकसम्म करिब १२ किलोमिटरसम्म रहेको थियो ।
यसैगरि सिरहामा सरकारको विरुद्धमा मानव सांगलो प्रदर्शन गरिएको छ । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उद्देश्यले बुधबार बिहान मानव सांङ्गलो प्रदर्शन गरिएको हो । 
तराई मधेशमा तिन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहेपनि सरकारले मधेशको माग सम्बोधन गर्न नचाहेकोले तत्काल माग सम्बोधन गरि समस्याको समाधान गर्न मानब सांङ्गलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको छ । 
सिरहाको पश्चिम सिमाना कमला नदिदेखि पूर्वी सिमाना बलान नदिसम्म करीब ५७ किलोमिटर राजमार्गमा विद्यार्थीहरुले मानव सांङ्गलो बनाएका छन् । 
मानव सांङ्गलोमा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको साथै शिक्षक, शिक्षिका,  क्याम्पस, नर्सिङ क्याम्पस, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु सहभागी थिए । 
विद्यार्थीहरुले मधेशको माग पुरा गर, वर्तमान सरकार मुर्दाबाद र प्रहरी दमन बन्द गर जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त क्रममा विद्यार्थीहरुले सरकारको बिरुद्धमा कडा नाराबाजी समेत गरेका थिए । 
मानव सांङ्गलोमा जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, बन्दिपुुरका साथै ग्रामिण क्षेत्रका बिद्यालयहरुका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । मानब सांङ्गलो प्रदर्शन गरेपछि आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहिदहरुप्रति जिल्लाका बिभिन्न स्थानमा प्रार्थना सभा र श्रद्धाञ्जली सभाको आयोजना गरिएको मोर्चाले बताएको छ । यस्तै विद्यार्थीले वीरगन्जको मुख्य सडकमा सोमबार बिहान मधेश आन्दोलनको समर्थन गर्दै मानव साङ्गलो बनाएर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । 
मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वीरगन्जमा अध्ययनरत विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित वीरगन्ज परवानीपुरको मुख्य सडकखण्डमा मानव साङ्गलो बनाएर विरोध प्रदर्शन गरेका हुन् । 
हत्या हिंसा बन्द गर, मानवअधिकारको ग्यारेन्टी गर, पढ्न पाउने अधिकार सुनिश्चित् गर, मधेसको अधिकार स्थापित गर तथा वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोजजस्ता विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर बिहान ९ देखि ११ बजेसम्म प्रदर्शन गरिएको थियो । 
वीरगन्जको छपकैया, नारायणी उपक्षेत्रीय अस्पताल, बिर्ता, आदर्शनगर, महावीरस्थान, माइस्थान, घण्टाघर, मुर्ली, पावरहाउस चोक, चिनीमिल, गण्डक र परवानीपुरलगायतका स्थानमा विद्यार्थीले एकअर्काको हातमा हात जोडेर मानव साङ्गलो प्रदर्शन गरेका थिए । 
निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घलगायतका सङ्घसंस्थाको सक्रियतामा यस्तो प्रदर्शन गरिएको हो । 
यसअघि शनिबार जनकपुरमा करिब २५ हजार विद्यार्थीहरुे मानव साङ्गलो बनाएर मधेश आन्दोलनप्रति एक्यबद्धता जनाएका थिए । जनकपुर बजारको परिक्रमा पश्चात् स्थानिय बाह्र विगहा मैदानमा विद्यार्थीहरुले मानव साङ्गलो प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट