News Category 2072/08/20

दुईसाता बित्न लाग्दा समेत स्वास्थ्य संस्थाको समस्याप्रति निकाय मौन

दैनिक समाचारदाता

राजविराज÷प्रहरी दमनको बिरोधमा विगत १४ दिनदेखी सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु बन्द रहेको छ । 
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्रै गालि गलौज गर्दै कुटपिट गरेको बिरोधमा जिल्लाका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग राख्दै उनीहरुले आन्दोलित छन् । 
स्वास्थ्य संस्था बन्द रहेको बारे स्थानिय प्रशासनले हालसम्म कुनै प्रकारको पहल नगरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । यता जिल्लाको अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु बन्द रहदा बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् । 
माग सम्बोधन गर्नका लागि संघर्ष समितिद्वारा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी, संचारकर्मीलगायतको उपस्थितिमा मंगलबार अन्तरक्रिया गरे पनि त्यसबाट केही उपलब्धि नभएको सर्वसाधारणको आरोप छ । सत्तामा रहेका राजनीतिक दलका नेताहरु समेतले लामो समयदेखी जिल्ला स्वास्थ्य सेवा ठप्प हुँदा पनि सूचारु गराउन पहल नगरेको सर्वसाधारणहरुको गुनासो छ । 
यसैबीच दुई दिनअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट र आन्दोलनरत पक्षबीच छलफल भएपनि निष्कर्ष नआउँदा समस्या जस्ताको त्यस्तै छ । श्रोतका अनुसार स्थानिय केही अधिकारकर्मीहरुले ठप्प रहेका स्वास्थ्य संस्थाहरुलाई सूचारु गराउन सम्बन्धित निकायलाई लचिलो हुन आग्रह गरेपनि फलदायी हुन सकेको छैन् । 
यता मानवको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पताल प्रशासनले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ भने आकस्मिक प्रसुती सेवा समेत संचालन गरेको अस्पतालका निमित्त मेसु डा. दिपा यादवले जानकारी दिनुभयो ।
मंसिर ५ गते राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि मंसिर ६ गते आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले अस्पताल भित्रै रहेको प्रहरी भ्यान जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट