News Category 2072/08/21

मोर्चाका चार नेता मधेश आन्दोलनका बारेमा जानकारी गराउन दिल्लीमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० मंसिर । 
मधेश आन्दोलनको बारेमा भारतीय नेताहरुलाई जानकारी गराउन आइतबार दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले त्यहाँका नेताहरुलाई भेटघाट गर्ने क्रम शुरु गरेको छ । 
दिल्ली पुगेपछि मध्यान्ह १२ बजे जनता दल (यू) का अध्यक्ष शरद यादवले भेटेका छन् भने त्यसपछि करण सिहलाई भेटेका छन् । भेटमा मधेशी नेताहरुले मधेशमा जारी नाकाबन्दी भारतले होइन आफूहरुले गरेको बताउँदै नेपालका वर्तमान सरकारले भारतले नाकाबन्दी गरेको भ्रम फैलाई रहेको धारणा राखेका थिए । 
नेपाली शासकबाट मधेशीमाथि कसरी विभेद भइरहेको र कुन छलकपटले सविधान घोषणा गरेको लगायतका विषयहरु पनि त्यहाँ राखेको छ । मधेशी मोर्चाको नेताको कुरा सुनेपछि जनता दल (युनाइटेड) अध्यक्ष शरद यादवले सरकारले मधेशीसँग यो किसिमले विभेद गरेको छ भने अझै सशक्त आन्दोलन गर्न सुझाव दिएको छ । 
नाकाबन्दीबारे काँग्रेस (आई) का नेता करण सिंहसँग कुरा गरेका थिए । मोर्चाका नेताहरूले नाकाबन्दी भारतले होइन, आफूहरूले गरेको करण सिहलाई जानकारी गराएका थिए । जुन नाका सहज छ त्यहांबाट कुनै अवरोध नरहेको उनीहरुले प्रष्ट पारेका थिए । 
करण सिंहले नेपालको नयाँ संविधानमा कुन कुन विषयमा संशोधन चाहेको भन्ने जिज्ञासा राखेका थिए । नेताहरुले डिपी त्रिपाठीलाई भेटेपछि भारतीय सरकारले दिएको रात्रीभोजमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतका नेताहरुसँग भेटघाट गरेका छन् । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव आइतबार दिल्ली प्रस्थान गर्नुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशी मोर्चाका चारै नेताहरुसँग सोमबार बिहान भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट