News Category 2072/08/23

आन्दोलनको प्रभाव अदालतमा पनि पाँच महिनाको अवधीमा मात्र २ सय ६७ मुद्दा फर्छयौट

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ मंसिर । 
पुनरावेदन अदालत राजविराजले आर्थिक वर्ष २०७२÷७३ मा २ सय ६७ वटा मुद्दा मात्र फर्छयौैट गरेको छ । २०७२ साउनदेखी मंसिरसम्म पाँच महिनाको अवधीमा लक्ष्य भन्दा करिब १ हजार ३ सयको संख्यामा मुद्दा कम फर्छयौट भएको पुनरावेदन अदालतका रजिष्टार मान बहादुर कार्कीले जानकारी दिनुभयो । 
पुनरावेदन अदालत राजविराजले मंगलबार संचारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङक सार्वजनिक गर्दै रजिष्टार कार्कीले भन्नुभयो, “मुलुकमा जारि वर्तमान अवस्थाका कारण कम मात्रामा मुद्दा फर्छैयौट भयो ।”
२०७१ सालबाट २ हजार ५९ मुद्दा जिम्मेवारी र २०७२ सालमा ३ सय ९८ वटा मुद्दा नयाँ दर्ता भई जम्मा २ हजार ४ सय ५७ मुद्दा जम्मा लागत रहेको  रजिष्टार कार्कीले जानकारी दिनुभयो । जसमा २०७२ साल साउन महिनामा १५, भदौंमा २६, असोजमा २१, कात्तिक मा १५ र मंसिरमा २४ वटा नयाँ मुद्दा दर्ता भएको बताउनुभयो । 
जम्मा २ हजार ४ सय ५७ मुद्दा मध्ये साउन महिनामा १ सय ९६, भदौं महिनामा २७, असोज महिनामा १६, कात्तिक महिनामा २० र मंसिर महिनामा ८ गरि जम्मा २ सय ६७ वटा मुद्दा फर्छयौट भएको उहाँले बताउनुभयो । यो फर्छयौट संख्या जम्मा मुद्दा संख्याको ६.१० प्रतिशत हो । 
यस्तै चालु आर्थिक वर्षमा मेलमिलापको १३ मुद्दा प्रक्रियामा रहेको छ । त्यस्तै चालु आर्थिक वर्षको साउन २० गतेपछी १७ वटा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएकोमा १५ वटा फर्छयाटै भएको तथा फर्छयौट भएको ३ वटाको आदेश जारि भएको जानकारी दिनुभयो । यस्तै १२ वटा खारेजी र तामेली भएको अवस्था रहेको जनाइएको छ ।   
सोही अन्तरक्रियामा पुनरावेदन अदालतका मुख्य न्यायाधिश इश्वर खतिवडाले अदालतले गर्दै आएको समुदायसँग अदालतको पहुँच कार्यक्रम जारि परिस्थिति सहज भएको गरिने बताउनुभयो । उहाँले जारि मधेश आन्दोलनका कारण गत साउन २९ गतेदेखी अदालतको कामकाज ठप्प रहेकाले नियामित कामकाज समेत प्रभावित भएको उल्लेख गर्नुभयो । 
मुख्य न्यायाधिश खतिवडाले भन्नुभयो, “कानुन व्यवसायीसमेतले जारि परिस्थितिमा बहस गर्न सक्दौंन भनेर लिखित पत्र पठाएका छन् ।” उहाँले यस जटिल परिस्थतिमा बाँकी रहेको मुद्दा थन्किएपछि पीडक र पीडित दुबैपक्ष झनै पीडित बनेका छन् । उहाँले यस्तो परिस्थितिमा अदालत जस्तो संवेदनशिल कार्यालयमा कामकाज गर्ने वातावरण बनाइदिन सम्पूर्ण पक्षलाई पहल गर्न आग्रह समेत गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट