News Category 2072/08/24

प्रहरी र गाजा तस्करबीच गोली हानाहान प्रहरीद्वारा ४० किलो गाजा बरामद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ मंसिर । 
सप्तरीको सप्तरीको टिकुलिया ८ स्थित बलान खोलामा मंगलबार राति प्रहरी र गाजा तस्करबीच दोहरो गोली हानाहान भएको छ । 
सप्तरी र सिरहाको सिमानामा पर्ने बलान खोलामा गाजा लिएर तस्करी गरीरहेको अवस्थामा प्रहरी र गाजा तस्करीबिच दोहोरो गोली हानाहान भएको हो ।
सोही क्रममा तस्करहरुले छाडेको करिब ४० किलो गाजा प्रहरीले नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरी र अस्थाई प्रहरी पोष्ट ठाडी सिरहाबाट गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि करिब ६÷७ जनाको समूहमा रहेका गाजा तस्करहरुले फायर गरेपछि दोहोरो गोली हानाहान भएको थियो ।
तस्करहरुले गाजाका बोरा फ्याँकेर फरार भएकाले तस्करहरुलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले जनाएको छ । यता बरामद भएको गाँजा हाल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट