News Category 2072/08/25

आजदेखी बिहान १० बजेसम्म औषधी पसल बन्द

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ मंसिर । 
नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटिले शुक्रबार बिहान १० बजेसम्म सम्पूर्ण औषधी पसलहरु बन्द गर्ने निर्णय गरेको छ । 
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनरमा उत्रेका स्वास्थ्यकर्मीहरुको माग ४८ घण्टाभित्र सम्बोधन नभएको भन्दै उनीहरुे सो निर्णय गरेका हुन् । 
औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका थिए ।
समस्या समाधान गर्नेतर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान नगएको प्रति दुःख ब्यक्त गर्दै प्रहरी प्रशासनले गरेको दमनको घोर भत्सर्ना गर्दै नेपाल सरकारलाई उनीहरुले ४८ घण्टे अल्टिमेटम सहित सो ज्ञापन पत्र बुझाएका थिए । 
यसअघि अल्टिमेटमको अवधिमा जिल्लाका सम्पुर्ण औषधि व्यवसायीहरु हातमा कालोपटी बाँधेर पसल संचालन गरेका थिए । यस्तै पुस २ गतेसम्म माग सम्बोधन नभए अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट