News Category 2072/08/26

अस्पताल भित्रका इमरजेन्सी र बाहिरका एक औषधी पसल खुल्ने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ मंसिर ।
स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई समर्थन गर्दै राजविराज नगरक्षेत्र भित्रका सम्पूर्ण औषधी पसलहरु शुक्रबार बिहान ६ बजेदेखी १० बजेसम्मका लागि बन्द गरिएको छ । 
नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधी व्यवसायी संघर्ष समितिको नेतृत्वमा मंसिर २५ गतेदेखी पुस २ गतेसम्म सो समय अवधीमा औषधी पसलहरु बन्द गर्ने निणर्य गरिएको हो । 
संघर्ष समितिका संयोजक प्रमोद कुमार यादवद्वारा शुक्रबार जारि विज्ञप्तिमा औषधी सम्बन्धी संवेदनशिलताका कारण सगरमाथा अंचल अस्पताल हाताभित्रको इमरजेन्सी औषधी पसल सधैं र  अस्पताल बाहिरका २६ गते निरज फार्मेसी, २७ गते अभिषेक फार्मेसी, २८ गते माझी मेडिकल, २९ गते कोशी फार्मेसी, पुस १ गते गंगा लीला मेडिकल र २ गते जनआशीर्वाद मेडिकल खुल्ला रहने जनाइएको छ । 
यसअघि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनरमा उत्रेका स्वास्थ्यकर्मीहरुको माग ४८ घण्टाभित्र सम्बोधन नभएको भन्दै उनीहरु सो निर्णय गरेका हुन् । औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका थिए ।
यसअघि अल्टिमेटमको अवधिमा जिल्लाका सम्पुर्ण औषधि व्यवसायीहरु हातमा कालोपटी बाँधेर पसल संचालन गरेका थिए । यता अस्पतालको सम्पुर्ण कामकाज ठप्प पारी विगत तीन सात्तादेखि जिल्लाभरीका सम्पुर्ण स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवा ठप्प पारी अस्पतालको प्राङ्गणमा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट