News Category 2072/08/27

एक सय २ वटा बुँदाहरुमा संशोधन आवश्यक ः अनिल झा

दैनिक समाचारदाता

राजविराज÷नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले जारि भएको नेपालको संविधानमा १ सय २ वटा बुँदाहरुमा संशोधन गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको छ । 
शनिबार बिहान राजविराजमा नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष झाले आफूहरुको संघीय समावेशी मधेशी गठबन्धनले संविधानको एक सय २ वटा बुँदाहरुलाई समेटेर ९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको जानकारी दिनुभयो । 
उहाँले सोही ९ बुँदे मागहरु सरकारले पुरा गर्न सक्यो भने सम्पूर्ण मधेशीको माग पुरा हुने दाबी गर्नुहुँदै विगत एक सय २० दिनदेखी जारि मधेश आन्दोलन स्वःस्र्फुत ढंगले फिर्ता हुने बताउनुभयो ।  
अध्यक्ष झाले अहिलेको आन्दोलन कुनै समुदायलाई लक्षित गरेर नभएको प्रस्ट पार्दै आन्दोलन अंश र वंशका लागि भएको जिकिर गर्नुभयो । 
उहाँले बिदेशी बुहारीलाई नेपालको छोरा सरह अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, एक मधेश दुई प्रदशे, नेपाल प्रहरीलाई प्रदेशको अधिनमा रहनुपर्ने लगायतका मागहरु ९ बुँदे मागमा सारिएको बताउनुभयो । 
उहाँले अहिले मधेशवादी दलहरु पनि एक मधेश एक प्रदेशलाई छोडेर दुई प्रदेशमा आएको स्मरण गराउँदै सरकारले पनि एक कदम पछाडी हट्नु पर्नेमा जोड दिनुभयो । 
एक अर्को प्रसङ्गमा अध्यक्ष झाले मधेशमा जारि १ सय २० दिनको आन्दोलनका क्रममा राज्यपक्ष केही नरम भएको दाबी समेत गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट