News Category 2072/08/29

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको क्षेत्रिय समिति गठन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ मंसिर । 
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको सप्तरीले क्षेत्र न. १ र २ मा क्षेत्रिय समिति सोमबार गठन गरेको छ । 
गठबन्धनको क्षेत्र न. २ अन्तर्गत २ न. जोगिनिया गाविसमा स्थानीय इन्द्रिस मंसुरीको अध्यक्षता तथा गठबन्धनका अध्यक्ष इसुफ अलीको प्रमुख आतिथ्यमा आयोजित सो कमिटि गठन कार्यक्रममा जाबीर अलीको अध्यक्षतामा ३८ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको छ । 
गठित समितिको उपाध्यक्षमा क्रमश करीम शेख, मो.आशीन साहेव, मो.मनोवर, सचिवमा मो.मुसाई साहेव, सहसचिवमा मो.दाउद मंसुरी र कोषाध्यक्षमा रोजित शेख रहेका छन । 
त्यस्तै सदस्यहरुमा क्रमश मो.सफिक, मो.जफिर साहेव, इसराईल, इद्रिस, इनुश, जैनुल, दुखी मंसुरी, समसुद्धिन मंसुरी, मो.गुलाव शेख, फजिल मंसुरी, हाजि गुलाव खाँ लगायतकाहरु रहेका छन । 
त्यस्तै क्षेत्र न. १ को कंचनरुप नगरपालिकामा आयोजित कार्यक्रममा मौलाना कलिमको अध्यक्षतामा ३४ सदस्यीय क्षेत्रिय कमिटि गठन गरिएको छ । गठित कमिटिको उपाध्यक्षमा मो.जन्नत मंसुरी, अलि हुसेन, अब्दुल कैयुम, सचिवमा मो.जिब्रि, सह सचिवमा मो.तैयव र कोषाध्यक्षमा मो.नसिम रहेका छन । 
त्यस्तै सदस्यहरुमा मो.जहुर, अब्दुल, सौदागर, मुस्तुका, सुलेमान, अब्दुल गणी, मौलाना सैराज, मो.उस्मान सहितकाहरु रहेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट