News Category 2072/09/01

ट्याक्टर पल्टिँदा एकको मृत्यु हात्तिको आक्रमणमा परि एक घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ मंसिर । 
हुलाकी सडक खण्डस्थित सप्तरीको मलेकपुर गाविस ८ मा मंगलबार विहान ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।  
ट्याक्टरमा सवार मलेकपुर गाविस ८ बस्ने ३० वर्षीय बद्री सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक जमुनी मधेपुराका भोला राम गम्भीर घाइते भएका हुन् ।
स १ त २८६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरले चेपिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते रामको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्लाको हर्दिया गाविसमा जङ्गली हात्तीको आक्रमणबाट हर्दिया गाविस ५ निवासी ३० वर्षीया मैयाँ कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट