News Category 2072/09/02

मधेशी मोर्चा सप्तरीद्वारा राष्ट्रिय दैनिक पत्रिका कब्जामा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ पुस । 
चार महिना बढीदेखी मधेशमा जारि आन्दोलनका कारण सप्तरीमा आउन बन्द भएको राष्ट्रिय दैनिक पत्रिकाहरु बुधबारदेखी आउन सुरु भएपछि मधेशी मोर्चा सप्तरीका नेता कार्यकर्ताहरुले सो पत्रिका कब्जामा लिएका छन् । 
मोर्चाले साउन ३० गतेदेखि नै राष्ट्रियस्तरका पत्रिकाहरुको मध्यतराईमा विक्री वितरण रोक लगाएको थियो । 
बुधबारदेखी पुनः राष्ट्रिय स्तरका पत्रिकारहरु सप्तरीमा आउन सुरु भएपछि मोर्चाका नेता कार्यकर्ताहरुले पसलमै गएर कब्जामा लिएका हुन् । 
सप्तरीको सदरमुकाम राजविराजस्थित उपयोगी पुस्तक पसलका संचालक उत्तम भुजेलले २५० प्रति कान्तिपुर, ४० प्रति नागरिक, ६ प्रति अन्नपूर्ण पोष्ट र ९ प्रति काठमाडौंपोष्ट मोर्चाले नियन्त्रणमा लिएको बताउनुभयो । 
आन्दोलनको पक्षमा समाचार सम्प्रेषण नगरेकाले पत्रिकाहरु नियन्त्रणमा लिएको भन्दै विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवले मधेशमा राष्ट्रिय पत्रिका बिक्री वितरणमा रोक लगाएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट