News Category 2072/09/02

मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन नरोकिने ठाकुरको उद्घोष

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १ पुस । 
तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले मधेस आन्दोलनलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । 
मधेसी पत्रकार समाज पर्साले बुधबार बिहान होटल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुर यस्तो अरोप लगाएका हुन । 
ठाकुरले आफुहरु वार्ता बिरोधी नभएको तर सरकारले सडक र सदन दुवै ठाँउमा आफुहरुलाई वाईपास गरेर जान खोजेकोले यस्तो असहज परिस्थितीमा आफुहरु बार्ताको टेवलमा बस्न नसक्ने बताए । मधेस आन्दोलनाको स्वरुप परिर्वतन बारे तत्काल कुनै निर्णय नभए पनि छिटै मोर्चाका शिर्ष नेताहरु संग छलफल गरेर यस बारे निर्णय लिइने बताए । 
ठाकुरले मधेस आन्दोलनबारे भारतमा बिभिन्न खाले भ्रमहरु फैलाइएको थियो त्यो भ्रम चिर्न मात्र हामी भारत भ्रमणमा  गएको बताउदै  मधेस आन्दोलन सफल नभए सम्म आन्दोलन स्थगीत गर्ने कल्पना पनि गर्न नसकिने बताए । अहिले मधेसमा खेतीबारी सिजन भएकोले मात्र नाका र आन्दोलनमा  जनताको उपस्थिती न्युन देखिएको भन्दै खेतीपातीको काम सकाएर जनता पुनः सडकमा आउने र आन्दोलन चर्काउने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट