News Category 2072/09/03

आगलागिमा तीन लाखको क्षति

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ पुस । 
सप्तरीको रायपुर गाविस ८ रुपनीमा बुधबारराति आगलागी हँुदा करिब रु तीन लाख बराबरको क्षति भएको छ । 
रायपुर गाविस–८ निवासी घनश्याम यादवको साना किसान कृषि सहकारी संस्था लि.रुपनीमा रहेको कार्यालयको क्वाटरमा कोही नभएको अवस्थामा अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, कम्प्युटर एक थान, नगद तथा गरगहना गरी करिब रु तीन लाख भन्दा बढीको क्षति भएको पीडित यादवले जानकारी दिनुभयो । कार्यालय भवनको क्वाटरमा ब्यक्तिगत रिसिभिका कारणले कसैले आगलागी गराएको यादवको आरोप रहेको छ । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी जिल्लाको बभनगामाकट्टी गाविस –३ तोपामा स्थानीयवासी कल्याण यादवको परालको कुन्यू आगलागीमा जलेर नष्ट हुँदा करिब पचास हजारको क्षति भएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट