News Category 2072/09/05

संयुतm मधेशी युवा बिद्यार्थी मोर्चाले जनजागरण अभियान संचालन गर्ने

दैनिक समाचारदाता

राजविराज÷संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीले पुस ५ देखी १३ गते सम्म जिल्लाका सरकारी क्याम्पस, उच्च मा.बि, स्वास्थ संस्थाका कलेज, मा.बि बिद्यालय, तथा गाँउ, नगर, क्षेत्र, वडाहरुमा तथा मधेश क्रान्ति सांस्कृति कार्यक्रम राजबिराजको गजेन्द्र चौकमा पुस १३ गते गरी जनजागरण अभियानको रुपमा संगठित शतmी निर्माण गरी बिरोधका कार्यक्रम गर्ने सहितका बिभिन्न निर्णय गरेको छ । 
संयुतm मधेशी युवा बिद्यार्थी मोर्चा सप्तरीका प्रेस संयोजक चन्दनकुमार यादवद्वारा शनिबार जारि विज्ञप्तिमा सो निर्णयहरु गरिएको उल्लेख छ । 
संयुतm मधेशी युवा बिद्यार्थी सप्तरीका संयोजक शंभु कुमार यादबको अध्यक्षतामा स्थानिय गजेन्द्रस्थित मोर्चाको सचिवालयमा बैठक बसी मधेश आन्दोलनलाई सशतm र प्रभावकारी बनाउनका साथै संगठन निर्माणका लागी युवा बिद्यार्थी मधेश मुतmी अभियानको नामाकरण गरी निर्णयहरु गरिएको विज्ञिप्तिमा उल्लेख छ । 
नेपाल सरकार र प्रमुख तिन दलका नेता, प्रधानमंत्री, मंत्रीहरु समेत गम्भीर रुपमा वार्ताद्वारा समस्याको सामाधान गर्नुको सट्टा उल्टै मधेश आन्दोलनलाई अमुल्यन गर्ने गरी सार्वजनीक रुपमा अभिब्यक्ती दिईदै हिडेको तथा एकलौटी ढंगले ब्यवस्थापिका संसदमा मधेशी मोर्चाको सहमति बिना बलजब्ती रुपमा संबिधान संसोधन बिधेयक प्रस्तुत गरेको घटना प्रति संयुतm मधेशी युवा बिद्यार्थी मार्चा सप्तरीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
त्यस्तै बैठकवाट सरकारका प्रधानमंत्री, मंत्री, सासंद तथा प्रतिनिधि र नेताहरुलाई मधेशको मागलाई सम्वोधन नहुन्जेल सम्मको लागी जिल्ला तथा मधेशका प्रवेशमा रोक लगाईएको जनाइएको छ । यसैगरि उनीहरु मधेशमा प्रवेश गरेको खण्डमा कडा प्रतिकार गर्नुको साथै भौतिक कारवाही समेत गर्न युवा बिद्यार्थी वाध्य हुने संघिय समाजवादी फोरमका बिद्यार्थी इन्चार्ज अशोक यादवले बताउनुभयो ।
त्यसैगरी विज्ञप्तिमा मधेश आन्दोलनलाई निरुसाहित गर्न केही तस्करहरुले आन्दोलन लाई बेवास्ता गर्दे नेपाल सरकारलाई सहयोग गर्नेका लागी पेट्रोलियम पदार्थ सहित खाद्य साम्रगी पु¥याउने कार्य गरेको, आन्दोलनलाई कमजोर पार्ने कार्य भएको ठहर गर्दे त्यस्ता सम्पुर्ण तस्कर गर्नेहरुलाई नसिहत दिईदै गरेको खण्डमा कार्यवाही गरिने मार्चाले निर्णय गरेको छ । त्यस्तै मधेश आन्दोलनको क्रममा घाईते भएका मार्चाका सदस्य संजय यादबले थप उपचारका खर्च मिलाई दिन संयुतm मधेशी मोर्चा सप्तरीलाई आग्रह गरिने निर्णय गरेको छ । 
सो बैठकमा संघिय समाजवादी फोरमका बिद्यार्थी ईन्चार्ज असोक यादब, बिद्यार्थी मंच का केन्द्रिय अध्यक्ष किसोर कुमार यादब, मोर्चा संयोजक शंभु यादब,सह संयोेजक तारकेश्वर यादब, ने.क.पा माओवादीका दिपेश यादब,युवा फन्टका फणिकान्त झा, मधुसुधन यादब लगायत बिद्यार्थी नेताहरुको बृहत बैठक बसी आन्दोलन निर्णायक वनाउन निर्णय गरेको उल्लेख छ ।
त्यसैगरि जनजागरण अभियानलाई संगठित शतmी निमार्ण गर्न गठन गरिएको टोली १ मा अशोक यादब, शम्भु यादब, मधुसुधन यादब, दिपेश यादब, फणिकान्त यादब, भुपेन्द्र यादब, अमित यादब, रिता शर्मा, मुकेश यादब, जितेन्द्र यादब, चन्द्रनारायण दास, राजेश यादब, प्रमेश्वर यादब रहेको छ भने टोली २ मा किशोर कुमार यादब, तारकेश्वर यादब, तुलानाथ माझी, नरेश यादब, बिनोद मण्डल, बिशाल यादब, बिद्यान्दन चौधरी, केशव दास, रामकुमार यादब, दिनेश शर्मा, संजय यादब, देवेन्द्र यादब, दिवाकर साह, मनोज मण्डल ,महेश यादब, लुकमान राईन लाई जिम्मेवारी दिएको मार्चाले निर्णय गरेको छ ।
त्यस्तै पुस ६ गते बल्र्डभिजन मोर्डन क्याम्पस र ग्यालेक्सी, ७ गते क्यालिभर र पाराडाईज, ८ गते सप्तऋिषी र क्षितिज कलेज, पुस ९ गते गते मोडेल क्याम्पस र मिसन कलेज, जग्दम्वा टेक्निकल तथा उदयपुर र छिन्मस्ता कलेज र युनिक क्याम्पसमा कार्यक्तम गरिने छ ।
यसैगरि १२ गते दुबै टोलीका नेताहरुले म.बि व. क्याम्पसमा बृहत अन्तरक्रिया गर्ने र १३ गते मधेश क्रान्ति सांस्कृति कार्यक्रम राजबिराजको गजेन्द्र चोकमा गरिने मोर्चाले निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट