News Category 2072/09/06

प्रहरीको गोली लागि गौरमा एक प्रदर्शनकारीको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
रौतहट, ५ पुस । 
शनिबारदेखी तनाव रहेको रौतहट सदरमुकाम गौरमा आइतबार बेलुका प्रहरीले गोली चलाउँदा एक जना आन्दोलनकारीको मृत्यु भएको छ । 
आन्दोलनकारी र प्रहरीबीच गौरको बीपी चौकमा झडपहुँदा प्रहरीको गोली लागेर स्थानीय गाउँ विकास समिति तेजापाकड़ वार्ड नम्बर ८ निवासी फिरोज आलमको १८ वर्षीय छोरा तबरेज आलमको मृत्यु भएको हो ।
दाहिना कोखमा गोलि लाग्दा गम्भीर अवस्थामा उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदा आलमको मृत्यु भएको हो । झडपमा परि स्थानीय मुडवालवा ९ निवासी सुरेन्द्र मली र सर्लाही जिल्लाको खैरवा ६ निवासी छोटेलाल यादव सहित एक दर्जनभन्दा बढी घाइते भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता योगेन्द्र राय यादवले बताउनुभयो ।
मृतक आलम जुद्ध उच्च माध्यमिक विद्यालय गौरको कक्षा १० मा अध्ययनरत रहेका थिए । प्रत्यक्षदर्शीका अनुसार गोली लागेर ढलेको आलमलाई सुरक्षाकर्मीहरुले बुटले हानेको थियो । घाइतेहरुको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । विहानदेखि प्रदर्शनमा उत्रेका मोर्चा कार्यकर्ता र प्रहरी विच गौरको विभिन्न ठाउमा दिनभरी झडप भइरहेको कारणले अवस्थामा तनाव ग्रस्त रहेको थियो ।
यसैबीच झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट