News Category 2070/05/03

गाविस कर्मचारीहरु आन्दोलनमा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २ भदौं । 
गाविस कर्मचारी संघ नेपाल सप्तरीले गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुलाई राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनको घोषणा गरेको छ । 
गाविस कर्मचारी संघ नेपाल सप्तरीले आइतबार विहान राजविराजमा पत्रकार सम्मेलन गरी तीन सुत्रिय माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो । 
पत्रकार सम्मेलनमा गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष परशुराम यादवले गाविस कार्यालयमा कार्यरत कर्मचारीहरुको समस्या प्रति सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो । 
उहाँले राज्य कोषबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने, स्थानिय निकाय सेवा आयोगको गठन गर्नुपर्ने र गाविस कर्मचारीहरुको क्षमता बिकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने माग सहित भदौ १० गतेदेखि आन्दोलनमा जान लागेको बताउनुभयो । 
आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ १० गतेदेखि भदौ १५ गतेसम्म देनिक १ घण्टाका दरले बढाउँदै कालो पट्टी बाधेर काम गर्ने र भदौ १६ गतेदेखि सम्पुर्ण गाविसको कामकाज ठप्प पार्दै जिल्ला विकास समिति अगाडी अनिश्चितकालिन धर्ना बस्ने निर्णय गरेको अध्यक्ष यादवले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट