News Category 2072/09/07

प्रशिद्ध कलाकार जिबछ दासद्वारा राजविराजमा काग भेला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ६ पुस । 
मधेशमा जारी आन्दोलन साढे चार महिनादेखि बढी समय भईसक्दा पनि मधेशको माग सम्बोधन नभएको भन्दै मिथिलाञ्चलका प्रसिद्ध कलाकार जीबछ दासले सोमबारराजविराजमा ब्यङ्ग स्वरुप काग भेला गरेका छन् । 
राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित काग भेलामा कलाकार दासले मधेश आन्दोलनको माग सम्बोधन गर्नेतर्फ सरकारको कानसम्म सन्देश जाऔस भन्ने उद्देश्यले काग भेला गरेका जानकारी दिए । सो काग भेलामा सय भन्दा बढी कागहरुको भेला भएको उनले दाबी गरे । 
मधेशी मोर्चा सप्तरीको आयोजनामा मोर्चाका नगर संयोजक उमेश कुमार यादवको अध्यक्षतामा आयोजित सो काग भेलामा तमलोपाका केन्द्रिय सदस्यद्वय जय प्रकाश ठाकुर, साधना झा, मधेशी मोर्चाका संयोजक कपिदेव यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, संघिय समाजवादी फोरम नेपालका युवा नेता केदार प्रसाद यादव लगायत संचारकर्मीहरुको समेत उपस्थितिरहेको थियो । 
स्मरणरहोस, यसअघि कलाकार दासले २०६८ साल जेष्ठ १५ गते पनि संविधान जारी गर्न नसक्दा ६ सय १ वटा काग बोलाई संविधान बनाउने जिम्मा कागलाई दिने ब्यङ्ग समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट