News Category 2070/05/04

क्याम्पसको शैक्षिक गुणस्तर घट्दै गएको प्रति चिन्ता

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ भदौ ।  
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले आफ्नो ५७ औ स्थापना दिवस भव्यता पुर्वक मनाएको छ ।
क्याम्पसको हलमा सम्पन्न स्थापना दिवस समारोह कार्यक्रममा बक्ताहरुले क्याम्पसको शैक्षिक गुणस्तरीयता घट्दै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।
क्याम्पस प्रमुख चिरञ्जीवीलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्याम्पसको दाता परिवारका सदस्य अभिषेक कुमार यादवले क्याम्पसको शैक्षिक वातावरणमा सुधार ल्याउन सबै पक्ष गम्भीर हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा त्रिबि प्राध्यापक संघ मविव क्याम्पस ईकाइका सचिव रामअशिष यादवले क्याम्पस प्रशासनले मनोमानी ढंगबाट प्राध्यापक हटाउने र राख्ने श्रृंखला शुरु गरेकाले शैक्षिक वातावरण बिग्रिएको आरोप लगाउँदै क्याम्पसमा भएको आर्थिक अनियमितताको छानविन गर्नुपर्ने माग गर्नुभयो । 
उहाँले क्याम्पसको अक्षय कोषमा रहेको रकम अनियमितता भएको र प्रशासनिक भवन निर्माणका लागि आएको रकमको पनि कुनै अतोपतो नरहेकोले अनियमितता भएको हुन सक्ने बताउनुभयो । 
कार्यक्रममा पुर्व क्याम्पस प्रमुख देवीदत्त साहले आफ्नो पालामा क्याम्पस अक्षय कोषमा भएको रकमको कुनै अत्तोपत्तो नरहेको र क्याम्पसको प्रतिबेदनमा समेत उल्लेख नभएकाले तत्काल छानविन गर्न माग गर्नुभयो । 
कार्यक्रममा पुर्व क्याम्पस प्रमुखहरु अमरकान्त झा, डा.सुनिल कुमार झा, प्राध्यापक अबधकिशोर सिंह लगायतले बोल्नुभएको थियो ।  सो अवसरमा बिभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट