News Category 2072/09/10

बैंकहरु सोमबार खुल्ने र पेट्रोलियम पदार्थ शनिबार ल्याउन दिने मोर्चाको निर्णय

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ पुस । 
क्रिसमसको अवसरमा शुक्रबार सरकारी विदा परेकोले मधेशी मोर्चा सप्तरीले साताको एक दिन शुक्रबार बैंकहरु खोल्ने निर्णयलाई परिवर्तन गरि सोमबार बैंक खोल्ने निर्णय गरेको छ । 
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले सो  निर्णय गरिएको हो । 
त्यस्तै मोर्चाको बैठकले जिल्लामा भईरहेको पेट्रोलियम पदार्थ चोरी तस्करी नियन्त्रण अभियानलाई नियन्त्रणका लागि शनिबार पेट्रोलियम पदार्थ सर्वसाधारणहरुलाई ल्याउन दिने निर्णय समेत गरिएको नेकपा माओवादीका जिल्ला संयोजक जय प्रकाश यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट