News Category 2072/09/11

युवा संघको भेलामा मधेशी मोर्चाको अवरोध माघ २ मा प्रधानमन्त्री राजविराज आउने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० पुस । 
नेकपा एमालेका भातृ संगठन युवा संघ सप्तरीले शुक्रवार जिल्लाका विभिन्न स्थानमा राखेको भेलालाई आन्दोलनरत मधेसी मोर्चा सप्तरीले अवरोध पु¥याएको छ । यता अवरोधका बाबजुद पनि संघले आफूहरुको कार्यक्रम सम्पन्न भएको दावी गरेको छ ।
यूवा संघ सप्तरीले नेकपा एमालेको पार्टी कार्यालय राजविराज ५ स्थित मदननगरमा भेला बोलाए पनि त्यहा नगरि संघका केन्द्रीय सचिवालय सदस्य निरन्जन झाको राजविराज २ पडरियास्थित घरमा सम्पन्न गरेको हो । 
यता युवा संघ सप्तरीले राजविराज र कठौनामा भेलाको आयोजना गरेको थियो । सो भेलाहरुलाई सम्बोधन गर्न युवा संघका केन्द्रिय नेता पर्शुराम बस्नेत आएका थिए । बस्नेत राजविराज आएदेखि नै मोर्चा कार्यकर्ताहरुले खोजी गर्न हिँड्न थालेपछि आयोजना गरिएको भेला हुन सकेन् । 
गस्यता प्रहरी निकटको श्रोतका अनुसार मोर्चाको अवरोधका कारण भेलामा सहभागी हुन आएका संघ केन्द्रीय नेता पर्शुराम बस्नेत सहितका युवा संघका नेता कार्यक्रम नै नगरी प्रहरी स्कर्टिङ्गमै फिर्ता भएका छन् ।
यसैबीच मोर्चा कार्यकर्ताहरुले राजविराजस्थित विभिन्न होटेल र मदननगरस्थित एमाले जिल्ला कार्यालयमा समेत नेता बस्नेतको खोजी गर्न नाराबाजी गर्दै पुगेका थिए । मोर्चाको अवरोधले गर्दा कार्यक्रम हुन नसक्ने र मुठभेडको स्थितिलाई आँकलन गर्दै स्थानीय प्रहरीले बस्नेतलाई शुक्रवार बिहान ११ बजेतिर जिल्लाबाट बाहिर पु¥याइदिएको श्रोतको दाबी छ ।
पछिल्लो पटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा कुनै पनि सरकारी र मधेस मोर्चा बाहेकका दलहरुको कार्यक्रम हुन सकेको छैन् । आफूहरुले एमाले भातृ संगठन युवा संघको कार्यक्रम राजविराज र कठौनामा हुन नदिएको मधेसी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवले स्वीकार गर्नुभयो ।
यता श्रोतका अनुसार युवा संघले आगामी माघ २ गते राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भेला गर्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट