News Category 2072/09/13

गठबन्धनले “भैंसी”लाई नौं सूत्रिय माग बुझायो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ पुस ।
संघीय समावेशी मधेसी गठबन्धनले सरकारी रवैया बिरुद्ध आइतबार राजविराजमा भैंसीलाई ज्ञापन पत्र बुझाएको छ । 
स्थानिय शिव मन्दिरको प्राङ्गणमा गठबन्धनका तर्फबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले भैसी अगाडी सो ज्ञापन पढेर सुनाउनु भएको थियो । 
गठबन्धनले भैंसीलाई सरकारको प्रतिकको रुपमा व्याख्या गर्दै अहिलेको सरकार भैसी जस्तो भएको बताएको छ । “भैंसी र सरकार एउटै हो । भनेको कुरा नबुझ्ने, आन्दोलनको स्वर नसुन्ने सरकार भैसी जस्तै हो,’ अध्यक्ष मण्डलले जनाउनुभयो । 
भैंसीहरुमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेस सभापति शुशिल कोइराला र सभामुख ओनसरी धर्ती मगरको नाम उल्लेख गर्दै ब्यानर झुण्ड्याइएको थियो । उहाँले भैंसीलाई गठबन्धनका तर्फबाट ९ सुत्रीय मागपत्र समेत बुझाउनु भएको थियो । 
सो गठबन्धनमा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक आवद्ध छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट