News Category 2072/09/14

आगलागिमा एक बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ पुस । 
सप्तरीको सिम्रहा सिग्यौनमा आईतबार राती आगलागि हुँदा एक जना बालकको मृत्यु भएको छ । 
सिम्रहा सिग्यौन गाविस १ निवासी जुक्तीलाल यादवको घरमा बालेको घुरबाट सल्केको आगोमा परि निजका १२ वर्षिय नाती सम यादवको जलेर घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 
साथैै सो घरमा रहेको सम्पूर्ण सामानहरु जलेर नष्ट भएको तथा प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट