News Category 2072/09/14

हतियारसहित दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ पुस । 
सप्तरी प्रहरीले हतियारसहित आइतबार राती दुई जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सप्तरीको हर्दिया गाविस वडा नं. ६ बस्ने २३ वर्षिय राम भरोस यादव र सोही स्थान निवासी २० वर्षिय सुशिल खपाङ्गी मगर रहेका छन् । 
घरमा हतियार लुकाई राखेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट गएको प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ । 
पक्राउ परेकाहरुलाई हातहतियार खरखजना मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट