News Category 2072/09/16

बृहत लाठी जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १५ पुस ।
मधेशी मोर्चा सप्तरीले बुधवार राजविराजमा बृहत लाठी जुलुस प्रदर्शन गरेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात् स्थानिय जनआन्दोलन चौकमा बिरोध सभा सम्पन्न गरेको छ । 
आयोजित विरोधसभाका वक्ताहरुले झण्डै पाँच महिनादेखि शान्तिपूर्ण आन्दोलन जारी रहँदा पनि राज्यपक्षले मधेशको माग सम्बोधन नगरेको भन्दै आन्दोलनलाई थप सशक्त एवम् निर्णायक बनाउनुपर्नेमा जोड दिएका छन् । 
वक्ताहरुले मधेश जनताको आवाजलाई बन्दुकले दबाउने कार्य गरिरहेकोमा आक्रोश व्यक्त गर्दै मधेशको भूमीलाई खण्डित गर्न नदिन जस्तोसुकै संघर्ष गर्न मधेशी जनता तयार रहेको बताएका छन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित विरोधसभामा मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टीका सल्लाहकार भीमराज यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सल्लाहकार रामनरेश दास, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका हरेराम यादव, नेपाल सद्भावना पार्टी रामनारायण यादव, नेकपा माओवादी (बैद्य)का भूपेन्द्र प्रसाद यादव लगायतले बोल्नु भएको थियो ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट