News Category 2072/09/20

युवा संघका केन्द्रिय सदस्य मण्डलद्वारा राजिनामा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ पुस । 
युवा संघ नेपाल केन्द्रिय सदस्य ई. ब्रज किशोर मण्डलले पार्टीको साधारण सदस्य समेतवाट राजिनामा दिनु भएको छ । 
सप्तरीको भारदह १ निवासी ई. मण्डलले आइतबार आफ्नो फेसबुकमा स्टेटस लेखि नेकपा एमालेका शिर्ष नेताहरू राष्ट्रप्रती रतीभर चिन्तीत नभएको, राष्ट्रिय एकता खल्बलाउने बारम्बार अभिव्यक्ति दिएको भन्दै राजिनामा दिएको उल्लेख छ । 
सप्तरी जिल्ला कमिटिको सदस्यसमेत रहनु भएका ई. मण्डलले आजदेखि नयाँ सोचका साथ आन्यायमा परेका जनताको पक्षमा बाचुञ्जेल सधै वकालत गर्ने लेख्नु भएको छ ।
उहाँले एमाले नेताहरूका कारण राष्ट्रिय चरित्र देखाउनुको साटो आफ्नो क्षेत्रिय र समुदायमा मधेसमा काम गर्ने कार्यकर्ताको मनोवल गिराउनुका साथै मधेसका जनता सामु शिर निहराउनु पर्ने परिस्थीती आएको उल्लेख गर्नुभएको छ । उहाँले अगाडी लेख्नु भएको छ “मधेसी जनताको भावना पार्टी समक्ष राख्दा मधेसवादी भयो भने आरोप खेप्नु परेको र नेताहरूले सधै त्यही हेला नजरले हेर्ने गरीयो ।” 
उहाँले अगाडी लेख्नु भएको छ, “देशमा ३०५ भन्दा बढि जनताको हितको कुरा मधेस केन्द्रित दलकै माग ठान्नु, आफ्नो त्यतीका मधेसी भोटरको ४ महिना भन्दा बढिको बन्द र नेता गैर राजनैतिक अभिव्यिक्तले पारेको दुःखको बारेमा रती पनि विचार नगर्नु, मधेसी जनतालाई बिखण्डनकारी ठान्नु तर आफ्ना काम क्रियाले विखण्डनकारीलाई वलपुगेको र दिनानिदुन राज्यप्रति अविश्वास वढाएको देखिनु जस्ता गैर माक्र्सवादि चरित्रको कारणले एमालेमा बसी राख्नु आफुलाई आफैले धोखा दिनु जस्तो हुन्छ, म जे इच्छाले एमालेमा लागेको थिए त्यो यहाँ वसेर कहिलेपनि पूरा हुन सक्दैन ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट