News Category 2072/09/21

असई सुब्बाको गोली हानी हत्या

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० पुस । 
सप्तरीको झुटकी गाविसस्थित प्रहरी चौकीका इन्चार्ज असई रमेश सुब्बामाथी सोमबार साँझ गोली प्रहार भएको छ । 
अज्ञात समूहले चलाएको गोली असई सुब्बाको छाती र घुडामा लागेको छ । उहाँलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । 
साझ करिब ६ बजेतिर प्रहरी चौकी नजिकै रहेको झौरहा चौकमा घुमफिर गरिरहेको अवस्थामा दुई वटा मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरेको सगरमाथा अंचलका वरिष्ठ प्रहरी उपरिक्षक चन्द्र बाबु सिंहले जानकारी दिनुभयो । 
यता अस्पतालले असई सुब्बाको मृत्यु भइसकेको जानकारी दिएको छ तर प्रशासनले थप उपचारका लागि धरान लैजाने बताएको छ । 
सप्तरीको गोबरगाढा प्रहरी चौकीमा दरबन्दी रहेको झापाको भद्रपुर १० घर भएका असई सुब्बा ६ महिना अघि झुटकी प्रहरी चौकीमा काजमा गएका थिए ।
यसैबीच भुमिगत संगठन अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोइतले घटनाको जिम्मा लिएका छन् । प्रहरीले मधेशमा गरेको दमन गरेको भन्दै सो घटना गरिएको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट