News Category 2072/09/23

विरगंज नाकामा धर्ना दिँदै फोरम अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
बिरगंज, २२ पुस । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको नाकाबन्दिको बुधबार १ सय ६ औँ दिन बिरगंज नामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव आफ्ना कार्यकर्तासंगै धर्नामा सहभागि हुनुभएको छ ।
नेता यादवले मोर्चाले सरकारसँग दिएको मागको सम्बोधन नगर्दै नेपाली काग्रेसले ल्याएको २ बुदें संविधान संसोधनले मधेसी जनताको माग पुरा नहुने बताउनु भएको छ ।
नेता यादवले मोर्चाले दिएको ११ बुदें मागमा साझा धारना ल्याएर सम्बोधन नगरे आन्दोलन तथा नाकाबन्दि अन्त्य नहुने ठोकुवा गर्नु भएको छ । मधेस आन्दोलनको ५ महिना वितिसक्दा पनि सरकारले मोर्चासंग झिनो आश समेत नदिएको बताउदैँ वर्तमान सरकार अहिले सम्मकै इतिहासमा असक्षम सरकार भएको टिप्पणी गर्नुभयो । 
भुकम्प पीडित, मधेस आन्दोलन, सुशासन लगायतको समस्या सामाधान नगरि महंगि, कालोबजारी, गुण्डागर्दिलाई प्रसय दिईरहेको आरोप लगाउदै वर्तमान प्रधानमन्त्रि उख्खान टुक्का खोजिखोजि टिप्पणी गर्दैमा समय काटिरहेको बताउनुभयो । असक्षम सरकार धेरै दिन टिक्न नसक्ने दाबि गर्दै उनका आफ्नौ पार्र्टीमा मतभेद रहेको र सोको पर्दाफास उनकै सहपाठीहरुले गर्दै आएको बताउनुभयो । 
धर्नास्थलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जनपरिचालक समितिका संयोजक एवम् संधिय समाजवादि फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, केन्द्रिय महासचिव रामसाह यादव, सेख जैसुदिन, मदन यादव, हस्मुदिन देवान, रेखा साह, प्रमोद गुप्ता, नासिर खान, बच्चा यादव लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट