News Category 2072/09/23

अस्पतालबाट महतो डिस्चार्ज

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ पुस । 
पाँच दिनयता हरियाणाको मेदान्त अस्पतालमा उपचाररत नेपाल सद्भावना पार्टीका अध्यक्षराजेन्द्र महतोको स्वास्थ्य स्थितिमा सुधार आएपछि बुधबार अपरान्ह अस्पतालले डिस्चार्ज दिएको छ ।
“मधुमेहररक्तचापको असहज स्थितिमा सुधार आएको छ“, नेता महतोले अस्पतालबाटै फोनमा भने, “तर प्रहरी कुटपिटका कारण मेरो शरीरको दुःखाइ अझै हटेको छैन । नातागत महसुस गरिरहेको छु ।“
चिकित्सकले फलोअपका लागि ७ दिनपछि बोलाएकाले आफू दिल्लीमैं आरामीका लागि बस्ने महतोले बताए ।  मेदान्तको अर्थोट्रउमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन डीको कमी देखिएकोर शारीरिक कमजोरीका कारण पोषणयुक्त खान्की चाहिने अस्पतालले सुझाएको छ ।
१० दिनअघि सिमावर्ती नाका जोगवनीमा धर्नामारहेका बेला प्रहरीरप्रशासनसागको झडपमा घाइते भएका महतोलाई गत शुक्रबार सााझ काठमाडौंबाट दिल्ली ल्याइएको थियो । नेता महताको हातखुट्टाका बिभिन्न ठाउामा सुन्निएकोर हातका औंलामा फ्र्याक्चर देखिएकाले सिटी स्क्यान, एक्सरे, एमआरआइ गरिएको थियो । महतोलाईरक्तचाप, सुगर, स्नायुरोगलगायतका ७ बिज्ञ चिकित्सकले जााच गरेका थिए ।
“अहिलेलाईराजनीतिको कुरा गर्ने स्थितीमा छैन,“ महतोले भने, “स्वास्थ्यमा पूर्ण सुधार आएपछि केही दिनमा बोल्नेछु ।“ नेपालमा मधेशी मोर्चा सरकारसाग वार्ताको टेबलमा बसिरहेको बेला सद्भावना पार्टी भने यो प्रकृयाबाट बाहिर देखिएको छ । आफ्नो स्वास्थ्य स्थितिरराजनीतिक अवस्थाका बारेमा नेपालबाट प्रधानमन्त्री वा अरु जिम्मेवार कुनै नेताले पनि फोनवार्ता नगरेको महतोले सुनाए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट