News Category 2070/05/05

प्रअ चौधरीमाथि भएको कुटपिट प्रति शिक्षक संगठनद्वारा दुख ब्यक्त

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज ४ भदौं । 
सप्तरीको धनगढी ८ महनौरीस्थित सरस्वती निमाविका प्रअ गुञ्जेश्वर चौधरीलाई स्थानिय केही ब्यक्तिहरुले निर्घात कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीले ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साहले मंगलवार राजविराजमा प्रेस बिज्ञप्ती जारी गर्दै बिद्यालयमा अभिभावक भेला बसी रहेका बेला राहत नियुक्ति बदर गर्ने बहाना बनाई धनगढी ७ निवासी आशिष यादव लगायतका ब्यक्तिहरुले प्रअ चौधरीलाई जवर्जस्ती कुटपिट गाली ग्लौज गर्नुको साथै ज्यान मार्ने धम्की दिएको प्रति दुख ब्यक्त गरेको छ । 
प्रअ चौधरीमाथि कुटपिट, गाली ग्लोज र अपहरण जस्ता घटना घटाउने ब्यक्तिहरुलाई अबिलम्ब खोजतलाश गरी कडा कार्वाही गर्न माग समेत बिज्ञप्तीमा गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट