News Category 2072/09/24

कारागारका कैदीको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ पुस । 
राजविराज कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको ज्यान गएको छ । 
राजविराज ८ निवासी अशोक गुप्ता एक्कासी बिरामी भएपछि उपचारको क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको कारागारका जेलर कृष्ण दाहालले बताउनुभयो । 
क्षयरोगीका बिरामी ५५ बर्षीय गुप्ता बुधबार राती राति १२ बजेतिर एक्कासी बिरामी भएको र उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको दाहालले जानकारी दिनुभयो । 
गुप्ता ९ हजार ८ सय रुपैयाँ धरौटि तिर्न नसक्दा थप कैदी जीवन बिताइरहेका थिए । नकबजनी चोरी मुद्दामा पक्राउ परी २०६९ सालदेखि नै कारागारमा रहँदै आएका उनलाई सप्तरी जिल्ला अदालतले २०७२ साल जेठ २६ गते धरौटि वापतको रकम तिरेर रिहा गर्ने आदेश दिएकोमा उनी सो रकम तिर्न नसकी थप कैद भुक्तान गरिरहेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट