News Category 2072/09/25

ठाकुर गोली होइन् “फाइटर” बाट घाइते

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ पुस ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर २ स्थित पडरिया टोलमा शुक्रबार अज्ञात व्यक्तिहरुको समूहले चलाएको गोली लागि एक युवक घाइते भएको समाचारले शुक्रबार दिनभरि चर्चा पाएको छ । 
सो समाचारले राष्ट्रिय मिडियाहरुमा समेत राम्रै स्थान पायो । तर, सो घटना सम्बन्धि समाचारको सत्यतथ्य शुक्रबारै बाहिर आएको छ । उक्त स्थानमा घटना भएकै हो तर, गोली चलेको छैन् । युवाहरुबीच भएको झगडामा राजविराज २ स्थित पडरिया टोलका १७ वर्षिय दिपक ठाकुर फाइटरको प्रहारबाट घाइते भएका हुन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालका अनुसार पडरिया टोलमा भएको उक्त घटना बारे प्रारम्भिक छानबिनका क्रममा घाइते भएका युवकलाई कसैले गोली प्रहार नगरेको तर उनी फाइटरको प्रहारबाट घाइते भएका हुन् । उहाँले घटनास्थलमा गएर अनुसन्धान गरि र अस्पतालका चिकित्सकबाट घाउबारे जानकारी प्राप्त गरेपछि सो सत्यतथ्य सार्वजनिक भएको बताउनुभयो ।  
घाइते पश्चात् ठाकुरलाई स्थानियहरुको सहयोगमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागिएको हो । अस्पतालमा उपचारका क्रममा ठाकुरले भने, “मोटरसाइकलमा आएका युवकहरुले म सँग “माल” छ भन्दै सोधपछि छैन भनेपछि उनीहरुले गोली प्रहार ग¥यो ।” उनले भने, “उक्त समूहले चार पटक फाइरिङ्ग ग¥यो तर, आफूलाई एक गोली मात्र लागेको छ ।”
घाइते ठाकुर स्थानीय ग्रीन इङ्गलिस बोर्डिङ्ग स्कूलको कक्षा ९ मा अध्ययनरत छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट