News Category 2072/09/27

पच्चिस अधिकारवादी संघसंगठनद्वारा देव हत्याको छानबिन गर्न सिआइबीसँग माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ पुस । 
राजविराज ६ निवासी ३० वर्षीय युवा जितेन्द्र नारायण देवको हत्या भएको तीन महिना भइसक्दा पनि ठोसरुपमा अनुसन्धान अगाडि नबढेको भन्दै विभिन्न २५ वटा अधिकारवादी संघसंगठनहरुले हत्याको सिआइबी छानबिन हुनुपर्ने माग गरेका छन् । 
शनिबार मधेश मिडिया हाउसमा पीडित परिवारले मानव अधिकारवादी, संञ्चारकर्मी, राजनीतिक पार्टीका भ्रातृ संगठनहरुलाई जम्मा गरी हत्याको न्यायिक छानबिनका लागि आग्रह गरेको थियो । 
कार्यक्रममा उपस्थिति संचारकर्मी, मानव अधिकारवादी, पार्टीका प्रतिनिधिहरुले घटनाको तीन महिना हुन लाग्दा पनि ठोसरुपमा अनुसन्धान प्रक्रिया अगाडि नबढ्नु र सत्यतथ्य बाहिर नआउनुले गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् । कार्यक्रममा घटनाको तत्काल निष्पक्ष उच्चस्तरीय सिआइबी छानबिन हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ । 
यस्असोज ३० गते शनिबारका दिन जितेन्द्र नारायण देवलाई आफ्नो गृहनगर राजविराजबाटै बेपत्ता पारी निर्ममतापूर्वक चरम यातना दिई पास्विक तरिकाले हत्या गरिएको अवस्थामा कार्तिक ३ गते बिरहीविरपुर–८ स्थित कोशी नहरमा शव फेला परेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट