News Category 2070/05/06
६ दिनमा चार हतियारसहित पक्राउ पर्नेको संख्या ५ पुग्यो पुनः एक यूवक हतियारसहित पक्राउ
दैनिक संवाददाता
राजविराज, ५ भदौं ।
संविधानसभाको निर्वाचनलाई मध्य नजर राखि सप्तरी प्रहरीले अहिले जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । सुरक्षा व्यवस्था कसिदै जाँदा ६ दिनमा चार हतियारसहित ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती सप्तरीको बसबलपुर गाविसबाट चोरीको आरोपमा स्थानियहरुले कुटपिट गरी प्रहरीलाई बुझाएको एक युवकको साथबाट हतियार बरामद भएको छ ।
बसवलपुर गाविस ६ निवासी प्रमोद यादवको घरमा चोरी गरेको आरोपमा सोही ठाउँ निवासी २२ बर्षीय अरुण यादवलाई स्थानियहरुले कुटपिट गरी प्रहरीलाई बुझाएको थियो ।
यादवलाई नियन्त्रण लिई प्रहरीले शरीर खानतलाशी गर्दा यादवको साथवाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
स्थानियको कुटाईबाट घाईते भएका यादवको सप्तरीको नकटी रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसअघि प्रहरीको गस्ती टोलीले सोमबार साँझ चेकजाँच गर्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहबाट सप्तरीको रुपनगर गाविस ७ निवासी २२ बर्षीय अर्जुन बस्नेत र धरमपुर गाविस २ निवासी २५ बर्षीय दिनेश विश्वकर्मालाई पक्राउ गरेको थियो ।
दिनेश विश्वकर्मा र अर्जुन बस्नेत मध्ये बस्नेतको साथवाट एक नाल कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै शुक्रबार राती प्रहरीको गस्ती टोलीले सप्तरीको पातोबाट हतियार सहित औरही गाविस ४ का मो. अफताब आलमलाई पक्राउ गरेको छ ।
यसैगरि प्रहरीले भारतीय नाका कुनौली बोर्डर हुँदै नेपालतर्फ प्रवेश गरेको विआर ०६पी ३८६४ नम्बरको महिन्द्रा सवारी गाडीलाई जाँच गर्ने क्रममा भारत विहारको मधुवनी जिल्लाअन्तर्गत पर्ने फुलपरास ग्राम पञ्चायतका २२ वर्षीय दीपककुमार यादवलाई रम्पुरा मल्हनियाँ गाविसस्थित प्रहरी चौकीले हतियारसहित पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
- 2081/01/06 जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
- 2081/01/06 छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
- 2081/01/06 दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस
- 2081/01/04 प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
- 2081/01/03 मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
- 2081/01/02 अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
- 2080/12/30 कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
- 2080/12/29 चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
- 2080/12/29 किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ