News Category 2072/09/30

सप्तरीमा नगर र गाउँ परिषद् हुन सकेनन्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २९ पुस । 
पुस मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने नगर र गाउँ परिषद् पुस महिना सकिन लाग्दासमेत सप्तरीमा अझै हुन सकेका छैनन् । 
संयुक्त मधेसी मोर्चाको लामो आमहड्ताल र आन्दोलनका कारण पुस मसान्त सकिन लाग्दासमेत सप्तरीको कुनै पनि गाविस र नगरपालिकाको गाउँ र नगर परिषद् हुन नसकेको गाविसका सचिवले बताएका छन् । 
स्थानीय स्वायत्त शासन ऐनअनुसार पुस मसान्तभित्रमा गाउँ परिषद् र नगरपरिषद् गरिसक्नुपर्ने व्यवस्था भएपनि मोर्चाको आमहड्ताल र आन्दोलनका कारण हालसम्म कुनै पनि नगर र गाउँ परिषद् हुन नसकेको जिल्ला विकास समिति सप्तरीका प्रशासन प्रमुख सुभाष मण्डलले बताउनुभयो । 
सप्तरीमा ९१ गाविस र ५ वटा नगरपालिका रहेपनि हालसम्म कुनै गाविस र नगरपालिकाको परिषद् हुन सकेको छैन । गाउँ परिषद् गर्न गाविस सचिवलाई निर्देशन दिएपनि आमहड्ताल र आन्दोलनका कारण कुनै गाविसमा परिषद् हुन नसकेका हो ।
स्थानीय स्वायत्त शासन ऐनबमोजिम पुस मसान्तभित्रमा गाउँ परिषद् र नगरपरिषद् सम्पन्न गर्न सकिए गाविस र नगरपालिकालाई न्यूनतम सर्त मापन एमसीपिएममा उत्तीर्ण हुन अङ्क पाइन्छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट