News Category 2070/05/06

दुई महिलाद्वारा आत्महत्या, पुरुषद्वारा आत्महत्याको प्रयास

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ५ भदौं ।
सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेकी छिन् भने एक पुरुषले आत्महत्याको प्रयास गरेका छन् ।  
सप्तरीको लोहजारा–१ निवासी राम नारायण महतोको १८ बर्षीया छोरी संगिता महतोले आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् । 
यस्तै सप्तरीको घोघनपुर निवासी हैदर अलीको २६ बर्षीया श्रीमती हेमा खातुनले नाम नखुलेको विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिष खाएर बेहोस भएको अवस्था फेला परेकी हेमालाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउदा ल्याउदै बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
आत्महत्या गरेका दुबैको शब पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखिएको छ भने उहाँहरुको आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 
त्यसैगरी श्रमतिसँग भएको घरायसी बिवादका कारण सप्तरीको बेल्ही चपेना गाविस–९ बस्ने अचल मंडलको २५ बर्षीय छोरा लखन मण्डलले नाम नखुलेको विष खाएर आत्महत्याको प्रयास गरेको छ । बिष खाएर सिकिस्त भएका मण्डलको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट