News Category 2072/10/04

असईको हत्यामा संलग्न एक पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ माघ । 
दुई साताअघि प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
असई सुव्बाको हत्याको आरोपमा उक्त घटनाको अनुुुसन्धानको क्रममा सो घटनामा संलग्न झुटकी गाविस वडा नं. ७ निवासी अशोक कुमार यादवलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनुभयो । 
पक्राउ परेका यादवलाई कर्तब्य ज्यान मुद्दामा अदालतबाट आईतबार म्याद थप गरि थप अनुसन्धान गरिरहेको जनाउँदै उक्त घटनामा संलग्न रहेका अन्य अभियुक्तहरुको खोजी कार्य तिव्र रुपमा भईरहको प्रहरीले जनाएको छ । 
असई सुव्बालाई गत पौष २० गते साँझ नर्घो  गाविस ६ स्थित झैरहा बजारबाट पदैल हिडी कार्यालय तर्फ जाँदै गरेको अवस्थामा बजारबाट अन्दाजी एक सय मिटर उत्तर कल्भटमा पुग्दा मोटरसाइकल चढी आएका व्यक्तिहरुले गोली हानी हत्या गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट