News Category 2072/10/05

असई हत्या घटनामा निर्दोषलाई पक्राउ गरेको भन्दै प्रशासन बिरुद्ध संघर्ष गर्ने पाँच गाविसका स्थानियको चेतावनी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ माघ । 
सप्तरीका पाँच गाविसका स्थानियहरुले दुई साताअघि प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको व्यक्ति निर्दोष भएको दाबी गरेका छन् । 
राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको झुटकी, बनौनिया, नर्घो, सिम्रहा सिगियौन र फकिरा गाविसका अगुवाहरुले सो दाबी गर्दै प्रहरीले निर्दोष व्यक्तिलाई रिहा नगरे प्रशासनबिरुद्ध संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।
मधेशी मोर्चा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा झुटकी गाविस ४ का नेकपा एमाले पार्टीमा आवद्ध चित्ररन्जन यादवले प्रहरीले गाविसमा स्थानियको घरमा खानतलासी गरेको बहानामा अनावश्यक दुःख दिइरहेको भन्दै महिलाहरुलाई गाली गलौज समेत गरेको आरोप लगाउनुभयो । 
उहाँले सोही गाविसका वडा नं. ७ निवासी अशोक कुमार यादवलाई काठमाडौंबाट बसमा फर्किदै गरेको अवस्थामा बिहीबार बर्दिवासबाट रु. ८५ हजार भारतीय रुँपैयासहित पक्राउ गरेको प्रहरीले असई सुब्बाको हत्यामा संलग्न रहेको भन्दै कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, “जब प्रहरीले यादवलाई भारतीय रुँपैयासहित पक्राउ ग¥यो भने किन असईको हत्यामा संलग्न रहेको भन्दै मुद्दा दायर ग¥यो ।” यादव बैदेशिक रोजगारका लागि म्यानपावर कम्पनीको सहयोगिको रुपमा कार्यरत रहेको भन्दै उहाँले भन्नुभयो, “असई सुब्बाको गोली लागि हत्या भएको दिन यादव आफ्नो खेतमा दिनभर पम्पिसेट लगाएर गँहुबाली पटाइरहेका थिए र घटनाबारे उसलाई केही जानकारी नभएको तथा सोही दिन राती माइक्रो बसमा चढेर काठमाडौं गए ।”
उहाँले सो गाविस ८ निवासी सन्तोषि यादव र धर्मनारायण यादवको घरमा प्रहरी पुस २० गते राती नै खानतलासी लिँदै महिलाहरुलाई गालीगलौज गरेको भन्दै अहिले उनीहरु प्रहरीको डरत्रासका कारण गाउबाट बिस्थापित भएको जानकारी दिनुभयो । दुबै जना आन्दोलनरत मधेशी मोर्चाका विभिन्न कार्यक्रमहरुमा सहभागि हुँदै आएका कारणले प्रहरीले खानतलासी गरेको आरोप समेत लगाउनुभयो । 
यस्तै उहाँले तीन दिन अघि मात्र प्रहरीले पुनः खानतलासी गरेर सन्तोषिको घरबाट एक मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।  
यस्तै नेपाली काँग्रेस आवद्ध नर्घो गाविसका पूर्व अध्यक्ष परमानन्द यादवले पक्राउ परेका अशोक निर्दोष रहेको दाबी गर्नुहुँदै उनी गाउँका भलादमी व्यक्ति मध्ये एक रहेको बताउनुभयो । 
यसैगरि सोही पत्रकार सम्मेलनमा नर्घो गाविसका निवर्तमान अध्यक्ष मुसहरु यादवले हत्या भएको असई सुब्बा अति मिलनसार व्यक्त रहेको तथा उहाँको हत्यामा संलग्न जो कोहीलाई कानुनी कारवाही हुनुपर्ने धारणा व्यक्त गर्दै निर्दोष व्यक्तिलाई प्रहरीले षडयन्त्र गरि नफसाउन आग्रह समेत गर्नुभयो । 
त्यस्तै बनौनियाँ गाविस ७ का पेशाले इन्जिनियर समेत रहेका देवकान्त मण्डलले अशोकलाई प्रहरीले सुनियोजित तरिकाबाट घटनामा मुछ्ने काम गरिरहेकोले यस्ता कार्य नगर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । 
सोही पत्रकार सम्मेलनमा फकिरा गाविस ४ का सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष कमलदेव यादवले प्रहरीले धर्मनारायण र सन्तोषिको घरमा छापा मारेको कारण त्यहाका स्थानियहरु डरत्रासमय जिवन यापन गर्न बाध्य भएको बताउनुभयो । 
यसअघि सोमबारै सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख समक्ष ती पाँचै गाविसका अगुवाहरुले असई हत्या घटनाको न्यायिक छानबिनको माग गर्दै निर्दोषलाई सो घटनामा नफसाउन आग्रह गरेको बताएका छन् । 
यसअघि प्रहरीले असई सुव्बाको हत्याको आरोपमा उक्त घटनाको अनुुुसन्धानको क्रममा सो घटनामा संलग्न झुटकी गाविस वडा नं. ७ निवासी अशोक कुमार यादवलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका यादवलाई कर्तब्य ज्यान मुद्दामा अदालतबाट आईतबार म्याद थप गरि थप अनुसन्धान गरिरहेको जनाउँदै उक्त घटनामा संलग्न रहेका अन्य अभियुक्तहरुको खोजी कार्य तिव्र रुपमा भईरहको प्रहरीले जनाएको छ । 
असई सुव्बालाई गत पुस २० गते साँझ नर्घो  गाविस ६ स्थित झैरहा बजारबाट पदैल हिडी कार्यालय तर्फ जाँदै गरेको अवस्थामा बजारबाट अन्दाजी एक सय मिटर उत्तर कल्भटमा पुग्दा मोटरसाइकल चढी आएका व्यक्तिहरुले गोली हानी हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट