News Category 2072/10/13

तीन दललाई जिल्लामा कार्यक्रम नगर्न मोर्चाको आग्रह आग्रह नमाने प्रतिकारमा उत्रने ः मोर्चा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ माघ । 
मधेशी मोर्चा सप्तरीले आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन भन्दै अधिकार प्राप्तिको लडाईमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीलगायतलाई मधेशमा कुनै कार्यक्रम नगर्न, नगराउन आग्रह गरेको छ । 
सो आग्रहलाई वेवास्ता गरे त्यस्ता कार्यक्रमलाई बिथोल्ने तथा प्रतिकार गर्ने मोर्चाका सप्तरीका संयोजक कपीलदेव यादवले जानकारी दिनुभयो । यस्तै नेपाली काग्रेसलाई मधेश आन्दोलनको क्रममा अधिवेशन नगर्न आग्रह गरेको छ । 
त्यस्तै मधेशी मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मधेश आन्दोलनको क्रममा नेपाली काग्रेस, एमाले र एमाओवादी लगायतका मधेश विरोधी पार्टीहरुको कुनै पनि कार्यक्रममा सहभागि नहुन सम्पुर्ण जनसमुदायहरुसँग अनुरोध गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा मोर्चाको बैठकले नेपाली काग्रेसको गाउँदेखि लिएर जिल्ला सम्मको कुनै पनि अधिवेशनमा सहभागि नहुन मधेशी जनसमुदायहरुसँग आग्रह गर्दै नेपाली काग्रेसलाई मधेश आन्दोलनको क्रममा आप्mनो अधिवेशन नगर्न आग्रह गर्दै त्यसो गरेमा प्रतिकार स्वरुप अधिवेशनलाई बिथोल्निे चेतावनी समेत दिईएको छ । 
साथै वार्ताको नौटंकी गर्दा गर्दै भर्खरै संसदबाट संविधान संशोधनको नौटंकी गरेर मधेश आन्दोलनलाई सम्बोधन गरेको भ्रामक प्रचार गरेकोले यस्ता संशोधनबाट मधेशका कुनै पनि अधिकार प्राप्ति नभएको र खस मानसिकता भएका शासक वर्गहरुको षडयन्त्र रहेकोले आन्दोलन अबको दिनमा अझै सशक्त भई निरन्तर रुपमा अगाडी बढने सबैमा जानकारी गराउँदै अगामी दिनहरुमा समेत सधै झै सहयोगको आशा र विश्वास राख्दै आन्दोलनलाई अझै उत्कर्षमा पु¥याउन सबै पक्षसँग हार्दिक अनुरोध गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट