News Category 2072/10/13

सप्तरीमा १० हजार कम्बल र १० हजार न्यानो कपडा बितरण गरिने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १२ माघ । 
लामो बन्दीले कष्टकर जीवन यापन गर्दै आएका मधेशीहरु विगत पाँच दिनदेखि एक्कासी बढेको चिसोले थप कठनाईमा परेका छन् । 
बाक्लो हुस्सु, पश्चिमी स्याँठ, बाक्लो तुसारो र दुई दिनदेखि घाम नै नउदाएपछि सप्तरीमा न्यूनतम तापक्रम तल झरेर यहाँका शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुको जनजीवन कष्टकर बन्न थालेको हो । चिसोले बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएको देखिएको छ । दिनभर चल्ने शितलहर र हुस्सुका कारण सर्वसाधारण घरबाट कमै निस्कन थालेका छन् ।
दैबी प्रकोप उद्दार समिति सप्तरीले भने चिसोबाट प्रभावित पीडितहरुलाई कम्बल र न्यानो कपडा बितरण गर्ने भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारका अनुसार रेडक्रस तथा अन्य विभिन्न संघसंस्थाको सहयोगमा जिल्लामा १० हजार थान कम्बल र १० हजार थान न्यानो कपडा बितरण गरिने छ । 
पुस दोस्रो सातासम्म शितलहर र चिसोले मधेशीलाई सताए पनि पछिल्ला दिनमा दिउँसो नियमित घाम लाग्न थालेकाले सर्वसाधारणलाई सजिलो भएको थियो । 
अत्यधिक चिसोले विद्यालयमा पठनपाठनमा समेत प्रतिकुल असर परेको छ चिसोको कारण अस्पतालहरुमा निमोनिया, कोल्डडायरिया, रुघाखोकीका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट