News Category 2072/10/14

विदेशमा रहेका नेपालीद्वारा सहादत प्राप्त परिवारजनलाई नगद सहयोग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ माघ । 
जारि मधेश आन्दोलनका क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि शहादत प्राप्त गरेका दुई जनाका परिवारलाई बुधबार कतारमा कार्यरत नेपालीद्वारा नगद सहयोग प्रदान गरिएको छ । 
कतारस्थित अख्तर कम्पनीमा कार्यरत धनुषा बेगाशिपुर निवासी श्यामकुमार यादव र सप्तरीको रायपुर ८ निवासी बिरेन्द्र यादवले त्यहा कार्यरत नेपालीहरुसँग रकम संकलन गरि शहादत प्राप्त गरेका बिरेन्द्र राम र नागेश्वर यादवका परिवारलाई नगद रु. १५ हजार ५ सयका दरले नगद रकम सहयोग गरेका हुन् । 
सप्तरीको डाढा गाविसका बिरेन्द्र रामका बुबा सकलदेव राम तथा जमुनी मधेपुरा गाविसका नागेश्वर यादवकी आमा शिकिलबती यादवलाई बिरेन्द्र यादवका ससुरा सप्तरीको रायपुर निवासी रामस्वरुप यादवले सो रकम संचारकर्मी माँझ हस्तान्तरण गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट