News Category 2072/10/15

कटुवा पेस्तोल सहित मुखिया पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ माघ । 
सप्तरी प्रहरीले एक जनालाई बिहिबार हतियारसहित पक्राउ गरेको छ । 
सप्तरीको सकरपुरा गाविस ९ बस्ने ३२ बर्षीय दिनेश मुखियालाई प्रहरीले एक थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । 
ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई बुधबार साँझ कोइलाडी गाविस ४ स्थित जिरि हटियाबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई राउण्ड गोली सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका मुखियालाई नियन्त्रणमा राखि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख भिम ढकालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट