News Category 2072/10/17

मधेशी नेताहरु आन्दोलनमा समर्थन जुटाउन बिहार जादै

दैनिक समाचारदाता

काठमाडौं÷आन्दोलनरत मधेशी मोर्चाका नेताहरु जारि मधेश आन्दोलनका लागि समर्थन जुटाउन भारतको बिहार जाँदैछन् । 
सरकारले गरेको संविधान संशोधन पछि भारत सरकारको रवैयामा परिवर्तन आउन थाले पछि सीमावर्ती बिहारका सांसद र विधायकहरूको समर्थन लिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो शनिबार सर्लाहीको बाटो भएर बिहारको मजफ्फरपुर जानु भएको छ । त्यहा अध्यक्ष महतो राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रिय मन्त्रि डा. रघुबंश प्रसाद सिंहसँग भेटघाट गर्ने कार्यक्रम रहेको सद्भावना पार्टीले जनाएको छ । 
यस्तै उहाँ त्यहाबाट सोमबार पटना जानुहुने कार्यक्रम रहेको छ । त्यहा बिहारका मुख्यमन्त्रि नितिश कुमार, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, बिहार भाजपाका नेता सुशील मोदी, नन्द किशोर यादव लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरि मधेशी नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा, विकास तिवारी, जयप्रकाश यादव लगायत अन्य नेताहरु पनि पटना जाने तयारीमा रहेको श्रोतले बताएको छ । 
यता बिहारका कतिपय सांसद र विधायकले दिल्ली सरकारको नीति विपरीत खुलेरै मधेश आन्दोलनको पक्षमा वकालत गर्दै आएका छन् । संविधान संशोधन पछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको र काठमांडौंसंगको सम्बन्ध सुधारको प्रयास शुरू गरेको छ ।
संविधान संशोधन पछि दिल्लीले मधेशी मोर्चाका शीर्ष नेताहरूलाई आन्दोलन फिर्ता लिन लगातार दबाब दिई रहेको छ । काठमाडौंस्थित भारतका राजदूत रंजीत रेले आफै मोर्चाका शीर्ष नेताहरू लाई फोन गरि आम हडताल फिर्ता लिन र नाकाबाट आफ्ना कार्यकर्ता हटाउन दबाब दिएको स्रोतले बताएको छ । 
दिल्लीले आफ्नो समर्थन फिर्ता लिए पछि मधेशी मोर्चाका नेताहरू बिहार र यूपीका नेताहरू संग समर्थन जुटाउन विभिन्न तरीकाले लबिंग गरिरहेका छन् । बिहारका सत्तारूढ दल लालू प्रसाद यादव नेतृत्वको राष्ट्रीय जनता दलका उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले पछिल्लो दुई महिनादेखि नेपाल भारतको सीमावर्ती शहरहरूमा सभा र सम्मेलन गर्दै आन्दोलनमा खुलेरै समर्थन गर्दै आई रहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट