News Category 2072/10/17

चिसोबाट जोगिन १५ परिवारलाई कम्बल

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको बरही बिरपुर र कोचाबखारी गाविसका दलित बस्तीमा चिसोबाट जोगिन १५ परिवारलाई शनिबार रंगिन ब्लायाङ्गकेट वितरण गरिएको छ । 
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटी २ को आयोजनामा एक समारोहबिच डोम तथा दलित परिवारलाई रंगिन ब्लायाङ्गकेट वितरण गरिएको हो । 
सो समारोहमा क्लवका अध्यक्ष एवं समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षता तथा पत्रकार शुभ नारायण यादवको प्रमुख आतिथ्य एवं अवकाश प्राप्त प्रअ असर्फी यादवको विशिष्ट आतिथ्यमा कोचाबखारी गाविस १ का डोम परिवार र बरही बिरपुर गाविस ५ का दलित परिवारलाई न्यानो रंगिन ब्लायाङ्गकेट वितरण गर्नुभयो । 
रंगिन ब्लायाङ्गकेट पाएपछि चिसोबाट आफु र आफना बालबच्चाहरु समेत जोगिनमा सहयोग पुग्ने स्थानीय जुक्ति मरिकको बताउनुभयो । त्यस्तै घरको आर्थिक अवस्था एकदमै कमजोर रहेका तथा एकल महिलाहरु कैली राम र भुलुर राम अपाङ्गलाईले आफुहरु जस्तो गरीब र निमुखालाई रंगिन ब्लायाङ्गकेट प्रदान गरेकोमा खुशि ब्यक्त गरेकि छिन ।
यसअघि उक्त संस्थाले राजविराज नगरपालिकाका साथै रायपुर, लालापटी, कोचाबखारीको डोम बस्ती, छिन्नमस्ताको डोम बस्तीका साथै अन्य गाविसका गरीब, निमुख्खा र दलित परिवारका ब्यक्तिहरुलाई पाँच सय थान रंगिन ब्लायाङ्गकेट वितरण गरिएको क्लवका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट